बागमती प्रदेश सभाका नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरुले मातृभाषामा शपथ लिने भएका छन्। १५ जनामध्ये ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिने प्रदेश सभा सचिवालयले जनाएको छ।
मातृभाषामा...
हेटौँडा । नेपालमा सङ्घीयताको सुरुवात भएको सात वर्षपछि बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुने भएको छ । २०७४ साल माघमा वाम गठबन्धनको तर्फबाट तत्कालीन प्रदेश नम्बर ३ (हालको बागमती प्रदेश) मा नेकपा एमालेका डोरमणि पौडेल संस्थापक मुख्यमन्त्री बनेका थिए । २०७४ माघ २५ मा पहिलो मुख्यमन्त्रीको शपथ लिएयता यहाँ चार पटक […]
१० चैत ०७९ मा बागमती प्रदेश सरकारबाट बाहिरिएको एमाले १३ महिनापछि पुनः सरकारमा फर्किएको छ । शनिबार एमाले नेता जगन्नाथ थपलियाले मन्त्रीका रूपमा शपथ लिएसँगै एमालेले बागमती प्रदेशमा दोस्रोपटक प्रवेश पाएको...
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । थपलिया दोस्रोपटक प्रदेश सरकारको …
हेटौंडा- नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा बागमती प्रदेश प्रमुख यादवचन्द्र ...
बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती