के गर्छस् त केटा, तेरो भाग्य यस्तै रहेछ। भगवानले आँटेपछि के लाग्ने रहेछ र! अब कपाल फाल्नु पर्ने भयो, आमा छैनन् रे।’ टक्क यो कुरा मेरो कानमा पर्यो। दिदी आएर एक्कासी रुन सुरु गर्नु भयो। तीन दिनपछि बल्ल होसमा थिएँ म। त्यो दिन हाम्रो लागि कालो दिन थियो। आमाको मुख हेर्ने दिन थिएन।