काठमाडौं : नेपाल चिकित्सक संघले भेरी अस्पतालमा ड्यूटिमा खटिएका चिकित्सकमाथि आक्रमण भएकाे घटनालाई लिएर हिजोको दिनलाई कालो दिन (ब्लाक डे ) का रूपमा घोषणा गरेको छ।संघका महासचिव डा. बद्री रिजालले हिजो घटना भएको दिनलाई कालो दिनको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्। संघले उक्त घट्नाकाे विराेधमा आज एकदिन हातमा कालाेपट्टी बाँधेर काम गर्न पनि सबै स्वास्थ्यकर्मीमा अपिलसमेत गरेकाे छ।ड्यूटिमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा बिरोध गर्नेलाई बिना धरौटी थुनामा राखेर कारबाही गर्