आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा