टावर भएपनि मोबाइल नेटवर्कमै समस्या

टेलिफोनको टावर ठडिएको तीन वर्ष भयो । तर खोटाङको जन्तेढुंगा गाउँपालिका भोजपुरको आमचोक गाउँपालिका सिमनामा रहेको नेपाल टेलिफोनको नेटवर्क नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । स्थानीयलाई घाम झुल्केसँगै मोबाइबाट फोन गर्न नेटवर्कको खोजीमा डाँडाका चहार्नुपर्ने बाध्यता छ ।खोटाङको जन्तेढुंगा गाउँपालिका डम्र्खुशिवालय र भोजपुर आमचोक गाउँपालिका वाशिङ्थर्पु/भन्ञ्याङ खर्क सिमनामा नेटवर्क नहुँदा सर्वसाधारण समस्या भएको स्थानीय बताउँछन् […]

सम्बन्धित सामग्री

अझै मोबाइल नेटवर्कको समस्या

मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ, मोबाइलको टावर नै आउँदैन, कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले काम गर्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।”

जहाँ फोन गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्छ

लमजुङ- लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षे...

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

काठमाडौँ- बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र […]

दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं […]

कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो ।हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगर

सुर्खेतको सिम्तामा टेलिकमको नयाँ रिपिटर टावर

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकले मोबाइल नेटवर्क गइरहने समस्याबाट छुटकारा पाएका छन् । नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सिम्ता गाउँपालिकाको सहकार्यमा काप्रिचौरमा टेलिकमको नयाँ रिपिटर टावर सञ्चालनमा ल्याइएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो । करीब १० वर्षपहिले सोलारबाट सञ्चालित टेलिकमको मोबाइल टावरमा विद्युत् लाइन जडान गरिएपछि वर्षात् र हिउँदमा नेटवर्क गइरहने समस्या हट्ने भएको छ । नेपाल टेलिकमको २० लाख, नेपाल विद्युत् प्राधिकरणको १५ लाख र सिम्ता गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा विद्युत् लाइन विस्तार गरिएपछि टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको हो । टेलिकमका सुर्खेत प्रमुख नारायणप्रसाद कुसीले सिम्ता आसपासका क्षेत्रमा वर्षात् र हिउँद मासमा पर्याप्त घाम नलाग्दा सोलार चार्ज नभएर फोन नलाग्ने समस्या अन्त्य भएको बताए । ‘सिम्ताको उच्च स्थानमा अवस्थित काप्रिचौरमा विद्युत् लाइन पुर्‍याउनुका साथै नयाँ रिपिटर टावर जडान गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘कुनै कारण विद्युत् गरिहाले पनि सोलारको ब्याकअप थप परिष्कृत गरेर जुनसुकै बेला पनि टावरले काम गर्ने बनाएका छौं ।’ उनका अनुसार काप्रिचौर रिपिटर टावरमा दोव्बर क्षमताका ८०० मेगाहर्ज र १ हजार ८०० मेगाहर्ज ब्याण्ड जडान गरिएको छ । सिम्ता गाउँपालिका आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर केही दिनमै टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले विकासका पछि परेको सिम्ता क्षेत्रका आम नागरिकको माग र जनप्रतिनिधिको प्रयत्नबाट टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको बताए । यससँगै अब मोबाइल फोन नलाग्ने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘सिम्तामा भरपर्दो मोबाइल सेवा नहुँदा नागरिक आजित थिए, इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या थियो,’ उनले भने, ‘रिपिटर टावर निर्माण भएसँगै स्थानीय बासिन्दा, सिम्ता पुग्ने व्यापारी र पर्यटकलाई समेत सुविधा पुग्नेछ ।’

‘टावर’ कुर्दै झुन्ड्याइन्छ मोबाइल

हेटौंडा, (नेस) । मापदण्ड विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरूप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुन्ड्याउन बाध्य छन् । हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । सञ्चारको युगका रूपमा रहेको समयमा हेटौंडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर […]

‘टावर’ कुर्दै झुण्ड्याइन्छन् मोबाइल

न्युज अफ नेपाल, हेटौंडा । मापदण्डहरु विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरुप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुण्ड्याउन बाध्य देखिएका छन् । हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । सञ्चारको युगका रुपमा रहेको समयमा वडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई […]

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

असार ९, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा समस्या देखिएको छ । बुधवार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ । नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधवार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको छन् । उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ । हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको र हालसम्म समस्या पत्ता लागिनसकेको छैन ।  कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुवैमा समस्या देखिएको छ ।

एनटीसी मोबाइलमा समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

८ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड दुबै मोबाइलमा फोन नलाग्ने समस्या छ । मोबाइल सेटमा नेटवर्क टावर देखिए पनि फोन लाग्दैन । यस्तो समस्या देशभर नै देखिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । समस्या समाधानको पहल भइरहेको नेपाल टेलिकमले जनाएको छ ।