नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

असार ९, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा समस्या देखिएको छ । बुधवार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ । नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधवार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको छन् । उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ । हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको र हालसम्म समस्या पत्ता लागिनसकेको छैन ।  कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुवैमा समस्या देखिएको छ ।

सम्बन्धित सामग्री

नेपाल टेलिकम मार्फत सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने

सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरे ।      सो सम्झौतापत्र अनुसार पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत फन्ड ट्रान्सफर,...

अब बजारमा टेलिकमको ई-सिम आउँदै

काठमाडौँ । सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ-नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई-सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधी खोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, […]

सुदूरपश्चिमका ७ जिल्ला सञ्चारविहीन

काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया-डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकोले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै […]

रघुगङ्गामा टेलिकमको सेवा विस्तार

काठमाडौँ,२० जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेका दुर्गम बस्तीमा नेपाल टेलिकमको सेवा विस्तार गरिएको छ । सेवा विस्तारपछि मोबाइल फोनका लागि अग्ला डाँडा र रुखमा चढ्नुपर्ने बाध्यता हटेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायीरूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए […]

नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधा

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ ।नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ । साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा […]

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। सेवाग्राही लोग भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम गर्न छोडेको बताए। उनले टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको जानकारी दिए। नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको जनाए। केन्द्रमा […]

हुम्लामा मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लास्थित नेपाल टेलिकमको बीटीएसमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ। विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। जीएसएम सेवाका लागि जडान गरिएको बीटीएस बक्समा आगलागी भएको टेलिकमले जनाएको छ। हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले सिमकोट गाउँपालिका–७ को धारापोरीमा जडान भएको नेपाल टेलिकम बीटीएस बक्समा आगलागी भएको जानकारी दिए। उनले आगलागीले बक्समा […]

‘नमस्ते पे’को सेवा सुरु‚ इन्टरनेटविनै पैसा तिर्ने मिल्ने

काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ। लामो समयको तयारी पश्चात कम्पनीले मंगलबारदेखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो।मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो। सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपम

नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ। रिचार्जकार्डबाट टपअप धेरै भइरहेको बेला नेपाल टेलिकमको मोबाइल रिचार्ज विद्युतीय माध्यबाट बढ्न थालेको छ । टेलिकमका अनुसार अहिले डिजिटल टपअप ४२ प्रतिशत पुगेको छ ।  सोमबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिकम प्रवक्ता राजेश जोशीले विद्यूूतीय टपअपलाई प्राथमिकतामा...

एनटिसीको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान

९ असार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो । नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु […]