८ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । पोस्टपेड र प्रिपेड दुबै मोबाइलमा फोन नलाग्ने समस्या छ ।
मोबाइल सेटमा नेटवर्क टावर देखिए पनि फोन लाग्दैन । यस्तो समस्या देशभर नै देखिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
समस्या समाधानको पहल भइरहेको नेपाल टेलिकमले जनाएको छ ।