जग्गा विवाद टुङ्गियो

हेटौँडा उपमहानगरपालिका–१४, मयुरधापस्थित प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद टुङ्गो लागेको छ । जग्गा विवादको सम्बन्धमा वन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पदाधिकारीबीच भएको संयुक्त छलफलमा भोगाधिकार रहने गरी जग्गा दिने सहमति भएपछि औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि बाटो खुलेको छ । मयुरधाप औद्योगिक क्षेत्रलाई औद्योगिक क्षेत्रको संरचना निर्माण गर्न पहिले प्राप्त लालपुर्जा खारेज गरी जग्गा भोगाधिकारमा दिने गरी सहमति भएको हो ।

सम्बन्धित सामग्री

फास्ट ट्रयाकको जग्गा विवाद सुल्झाउन प्रधानसेनापतिको आग्रह

प्रधानसेनापति प्रभुराम शर्मालेले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्गको सुरु र अन्तिम बिन्दुमा देखिएको जग्गाको विवाद समाधान गरिदिन अनुरोध गरेका छन्।...

पेट्रोलियम पदार्थ अन्वेषणका लागि अधिग्रहण गर्ने जग्गा विवाद सुल्झियो

पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले अधिग्रहण गर्न लागेको जग्गा विवाद सुल्झिएको छ।

४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद

काठमाडौं, भदौ १० । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९ को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा फिर्ता ल्याउन माग गर्दै रणबहादुर शाहद्वारा दायर रिट सर्वोच्चले खारेज गरेसँगै सो […]

बबरमहल जग्गा विवाद : ४७ वर्षपछि टुंगो लाग्यो

काठमाडौं । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा फिर्ता ल्याउन माग गर्दै रणबहादुर शाहद्वारा दायर रिट सर्वोच्चले खारेज गरेसँगै सो जग्गा सरकारको […]

४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद

काठमाडौं । सर्वोच्च अदालतले ४७ वर्षदेखि विवादमा रहेका साढे तीन रोपनी सरकारी जग्गाको विवाद टुंग्याएको छ । नेपाल औषधि लिमिटेडसँगै जोडिएको निगमको, (हाल काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर १९० को) ३ रोपनी ४ आना ३ पैसा १ दाम जग्गा आफ्नो नाममा फिर्ता ल्याउन माग गर्दै रणबहादुर शाहद्वारा दायर रिट सर्वोच्चले खारेज गरेसँगै सो जग्गा सरकारको […] The post ४७ वर्षपछि टुंगो लाग्यो बबरमहल जग्गा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तीनकुनेको जग्गा विवाद सुल्झाएर पूर्वधार बनाउने महानगरको घोषणा

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले फेरि तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा  नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा गरेका छन् । पछिल्ला दुई आर्थिक वर्षका बजेटमा […]

कसले समाधान गर्ने फास्ट ट्रयाकको मुखको जग्गा विवाद

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भैरहेको राष्ट्रिय गौरवको सबैभन्दा प्राथमिकता प्राप्त करिब ७२ किमी दूरीको द्रुतमार्ग (फास्ट ट्र्याक)का लागि ललितपुरको खोकनाको जग्गा विवाद सबभन्दा ठूलो अबरोध बनेको छ । करिब रु एक खर्ब ७५ अर्ब प्रारम्भिक लागत अनुमान गरिएको फास्ट ट्र्याकमा खोकनाबाट सुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गसँग जोडिने छ । यसबीचमा तीन वटा सुरुङ र …

पाथीभरामा खानेपानी आयोजनाको जग्गा विवाद

पाथीभरा क्षेत्रमा व्यवसायी तथा दर्शनार्थीले खानेपानीको सास्ती बेहोर्नुपर्ने समस्या समाधानका लागि सुरु भएको खानेपानी आयोजनाको ट्यांकी निर्माण भएको जग्गामा विवाद भएको छ ।खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा/विष्णु जेभी इलाम र पाथीभरा केबलकार प्रालिबीच मुहाननजिक बनेको ट्यांकी निर्माण गरेको जग्गामा विवाद भएको हो । केबलकार कम्पनीका प्रतिनिधि मणि पोमू र सागर गौतमले पाइप फ्याँकिदिएको भन्दै ठेकेदार […]

रौतहटमा जग्गा विवाद हुँदा १० जना घाइते, ७ मोटरसाइकल जलेर नष्ट

रौतहटमा आफन्तबीच जग्गा विवाद हुँदा १० जना घाइते भएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी भएर नष्ट भएका छन् ।  चन्द्रनिगाहपुर–८ बस्तीपुरमा विक्रम चौधरी र श्रीराम चौधरी पक्ष विच हिजो (बिहीवार) राती झडप हुँदा विक्रम पक्षका ६ जना घाइते भएका छन् । श्रीराम पक्षका ४ जन सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण प्रसाद चिमोरीयाले जानकारी दिए ।

द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट

काठमाडौँ / काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ । खोकनातर्फबाटे जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण र सडक... The post द्रुतमार्गः खोकना विवाद सुल्झिएन, दोस्रो चरणको काम निजगढबाट appeared first on Purbeli News.