काठमाडौं,१७ माघ । मधेश प्रदेशमा सरकारबाट बाहिरिएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलमा दाबी गरेको छ । जनमतका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् ।सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकाबाट बाहिरिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनले दाबी गरेका छन् । हाल मधेश प्रदेशसभामा […]
जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिनुको कारण के हो ?
सत्तागठबन्धनमा जसपाले सुरुको एक वर्ष र त्यसपछि क्रमशः जनमतले एक वर्ष, कांग्रेसले दुई वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर,...
जनकपुरधाम । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो । यो सँगै जनमतका मन्त्रीहरुले पदबाट राजीनामा समेत दिइसकेका छन् । शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।
काठमाडाैं । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन हुनुभएको छ । दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको बुझिएको छ । यादव सप्तरी क्षेत्र नम्बर २ […]
राजनीतिक विश्लेषक सिके लालले नयाँ उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति स्पष्ट नरहेको बताएका छन् । यी दुवै दलको व्यवहार हेर्दा संघीयता विरोधी मत रहेको बताउँदै उनले यी दलहरूले सुशासन र विकासको कुरा गरेपनि संघीयताको विषयमा स्पष्ट नभएको बताए ।मार्टिन चौतारी काठमाडौँ र मधेश प्रदेश आमसञ्चार प्राधिकरणले जनकपुरमा शनिबार संयुक्त रुपमा आयोजना गरेको ‘लोकतन्त्र, संघीयता र पत्रकारिताको अभ्यास’ अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।‘हुन त एमाले पनि संघीय
२ पुस, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सभाको निर्णायक शक्तिको रुपमा उदाएको छ । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहित मधेश प्रदेश सभाको चौथो शक्तिको रुपमा जनमतको उदय भएको हो । यो आकलन कसैले गरेका थिएनन् । जनमत मधेशमा सरकारको नेतृत्वको दाबी गरिरहेको छ । प्रत्यक्ष र […]
मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका विषयमा छलफल गर्न जनकपुरमा जनमत पार्टी नेपालको शीर्ष नेताको बैठक आज बस्ने भएको छ । जनमतले पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दावी गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा भएको बेला गठबन्धनका नेताहरुको भेटमा उनले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बनाएको दावी गरेका छन् । केन्द्रदेखि प्रदेश (मधेस प्रदेश) सम्म सरकार बनाउन जनमतको मत आवश्यक देखिएकाले सो पार्टीको संसदीय दलको नेता तथा सचेतक पदप्रत
Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agriculture and multimedia.