चीन अमेरिकालाई उछिनेर विश्वको पहिलो अर्थतन्त्र बन्ने होडमा अघि बढेको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले भने चीनलाई पहिलो अर्थतन्त्र बन्न नदिन विभिन्न प्रतिरोधात्मक प्रयास जारी राखेको छ । जसले गर्दा विश्वका महाशक्ति यी दुई राष्ट्रबीच तीव्र प्रतिस्पर्धा साथै तनाव बढ्दै छ । चीन र अमेरिकाबीच तनाव बढ्नु राम्रो होइन । तनाव बढ्दै गयो भने यसले विश्व राजनीतिक सन्तुलनमा खलल पार्छ । तनाव घटाउने भन्दै दुवै मुलुकका कूटनीतिक प्रयास भने जारी छ । यसै मेसोमा दुई देशका राष्ट्रपतिबीच सात महिनापछि नो