युक्रेनमा रुसले गरेको आक्रमणबीच एकातिर अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको बेला चीनले अमेरिकालाई ताइवानको विषयमा चेतावनी दिएको छ ।शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको थियो। यस क्रममा सीले बाइडेनलाई ताइवान मुद्दामा कुनै पनि त्रुटिले चीन(अमेरिका सम्बन्धमा नकारात्मक असर पार्न सक्ने बताएका हुन् । समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियालाई उद्धृत गर्दै सीले ताइवान आफ्नो एउटा प्रान्त भएको र सो एक दिन फेरि चीनको हिस्सा बन्नेछ