गण्डकी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत ‘फुल कन्ट्याक्ट’ कराँतेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन बनेको छ। नेपाल आर्मीलाई पछि पार्दै गण्डकीले चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै अर्को खेलमा नेपाल आ