पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ।
गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्।…