बालकोट पुगेर उपेन्द्र यादवले भेटे केपी ओलीलाई

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् ।भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए । उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए ।

सम्बन्धित सामग्री

बालकोट पुगे प्रचण्ड बालकोट, वार्तामा राई र लामिछाने पनि

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्। दुई नेताबीचको छलफल सुरु...

गठबन्धनको बैठक छाडेर बालकोट जाँदै प्रचण्ड

गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट जान लागेका बताइएको छ। स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट जान लागेका हुन्। प्रचण्डसँग छलफल गर्ने तयारी रहेको...

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि बालकोट गए देउवा

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगेका छन् । बिहीबार राति देउवा बालकोट पुगेका हुन् । एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न  बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।  देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

केपी ओली भेट्न आन्दोलनरत कानुन व्यवसायी बालकोट जाँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर  ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् । यसअघि बा

किन गए केपी ओली शीतलनिवास ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे ।एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे । यो भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेन

केपी ओली बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिकौं  : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् ।  जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि केही पनि नहुने कुरा सिंहले बताए । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बडेको भन्दै ओलीमा भनाई र गराई फरक रहेको उनले बताए  ।आफ्नो शासनकालमा के कति भ्रष्टाचारको समाचार

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

देउवाले विश्वासको मत लिने बैठकमा केपी ओली उपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने संसद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उपस्थित भएका छन् ।  सर्वोच्च अदालतको संसद् विघटन बदरको फैसलापछि बालुवाटारबाट बालकोट फर्केका केपी ओली दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा भने सहभागी थिएनन् ।  एमालेले देउवालाई विश्वासको मत नदिने र कोही सांसदले विश्वासको मत दिएमा त्यस्तो सांसद एमालेमा नरहने निर्णय गरेको छ ।

कार्यकर्ताहरुको स्कर्टिङमा बालकोट फर्किए ओली

ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुको स्कर्टिङमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीनिवास बालुवाटारबाट निजीनिवास बालकोट पुगेका छन्। दर्जनौं मोटरसाइकल तथा गाडीसहित बालुवाटारबाट निस्किएका कार्यकर्ताहरुले ओलीसमर्थित नारा लगाएका थिए। एमाले नेता महेश बस्नेतले ओलीको बिदाइका लागि भेला हुन आव्हान गरेअनुसार नेता कार्यकर्ता बालुवाटार पुगेका थिए। बालकोट पुगेपछि स्थानीयले बाजागाजासहित ओलीको स्वागत गरेका थिए। बालकोट […]