एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै तेस्रो धारका नेताहरुबीच भएको छलफलले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । नेता नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गइसकेकाले एमालेमा नफर्कने निष्कर्ष बालकोट बैठकले निकालेको हो ।बालकोट बैठकमा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलसँग तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघु पन्त सहभागी थिए ।बैठकको अन्तिममा प्रवक्ता प्रदीप ज्ञवाली पनि सहभागी बनेका थिए । उक्त बैठकमा खासगरी तीनवटा