नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट केपी ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि केही पनि नहुने कुरा सिंहले बताए । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बडेको भन्दै ओलीमा भनाई र गराई फरक रहेको उनले बताए ।आफ्नो शासनकालमा के कति भ्रष्टाचारको समाचार