काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान […]
काठमाडौं,१७ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सोे जानकारी लिएका हुन् । फोक्सोमा समस्या देखिएपछि उनलाई शुक्रबार वीर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार डा .अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार […]
नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो ।कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको ।अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।
सुनसरी। एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। कोरोना संक्रमित बस्नेतलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय बस्नेत एमाले परित्याग गरेर ऋषि कट्टेलको नेकपाको केन्द्रीय सदस्य थिए।
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ।५२ वर्षीय यादवको उपचारको क्रममा मेडिसिटी अस्पताल, काठमाडौंमा निधन भएको हो। उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए। यादवका दुवै मिर्गौला खराब थिए। मिर्गौला प्रत्यारोपणको तयारीअनुसार उनी अस्पताल भर्ना भएका थिए।गत चैत महिनामा सबैलामा विद्यालय व्यवस्थापन समिति गठनको विवादमा झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा यादव मुछिएका थिए। जिल्ला अदालतले वारेन्ट जारी गरेपछि यादवलाई प्रहरीले का
काठमाडौँ, १८ वैशाख: राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए । शुक्रबार बेलुकी […]
राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढ
काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मस्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना भएका छन् । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । पक्षघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले जानकारी दिए ।सदाचारी एवम् इमान्
काठमाडौं। राष्ट्रियसभाका पूर्वसदस्य प्रा.विदुर पौडेल मष्तिष्काघात भइ उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन्। अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार अस्पताल भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताए। पक्षाघातसमेत भइ उनको शरीरको देब्रे भागसमेत नचलेको उनले जनाए। संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनको भतिजा परमेश्वरले जानकारी दिए।
चितवन / पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो । रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उहाँको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँको...
The post पूर्वसांसद रानाभाटको अन्त्येष्टि appeared first on Purbeli News.