काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मस्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना भएका छन् । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । पक्षघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले जानकारी दिए ।सदाचारी एवम् इमान्