एजेन्सी। बेलायती शोधकर्ताहरूले संसारलाई तर्साइरहेको दोस्रो लहरको कोरोना भाइरसको आकार पत्ता लगाएका छन्। यो सियोको टुप्पोभन्दा लाख गुना सानो आकारको हुने उनीहरूले बताएका छन्। यो भाइरस आममाइक्रोस्कोपबाट देख्न नसकिने र यसका लागि क्रायो-इलेक्ट्रोन माइक्रोस्कोप प्रयोग गरिएको थियो। डबल-म्युटेन्ट यो भाइरसको आकार पत्ता लागेपछि कोरोना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।