भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा

भक्तपुर, ८ जेठ: भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना […]

सम्बन्धित सामग्री

कोरोनामा निर्धक्क स्तनपान

कोभिड–१९ विरुद्ध लगाइएका खोपले स्तनपान, गर्भवती महिला र गर्भलाई असर नगर्ने अनुसन्धानबाट पुष्टि भएपछि अमेरिकी सरकारले गर्भवती महिलालाई खोप लगाउन अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले डेल्टा भेरियन्टको उच्च जोखिम न्यूनीकरण गर्न खोप अनिवार्य छ । कोरोना सङ्क्रमणका कारण प्री–इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावनाजस्ता समस्या बढाएको छ । सङ्क्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कमतौलको बच्चा जन्मिन सक्छ । दुर्लभ सम्भाव्यता भए पनि कोरोना भाइरस भ्रूणमा प्रसारित हुनसक्छ । तथापि गर्भपतनको जोखिम कम छ अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिड–१९ विरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् ।

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै फेरि लम्बियो निषेधाज्ञा

पोखरा । कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र ३ गते राति १२ बजेसम्म थप गरेको हो ।यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र ३ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै लम्बियो निषेधाज्ञा

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २७ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको छ । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई साउन २७ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जा

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

काभ्रेपलाञ्चोक  । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक […]

जर्मनीमा पर्सिदेखि लकडाउन : क्रिसमसको ट्रि बेच्ने पसल भने खुल्ने

काठमाण्डाै - जर्मनीमा पर्सिदेखि लकडाउन गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएकाले क्रिसमसको समयमा जर्मनीमा लकडाउन हुन लागेको हो । पर्सि बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् ।  लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीको खबरमा उल्लेख छ । त्यहाँका १६ राज्यमा सम्बन्धित निका...