बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म