चाडबाड नजिकिएसँगै इलाममा अनुगमन गर्न थालिएको छ । प्रमुख जिल्ला अधिकारी र घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुखको नेतृत्वमा अनुगमन गर्न सुरु गरिएको हो । बजारमा उपभोक्ताको भीड बढ्न थालेसँगै अखाद्य वस्तुको बिक्री नहोस् भनेर अनुगमन गर्न अनुगमन अघि बढाइएको हो । करमा दर्ता भएर प्यान र भ्याटमा कारोबार भए÷नभएकोसमेत अनुगमन भएको छ ।
इलाम बजारसहित जिल्लाको बिब्ल्याँटेमा आज बजार अनुगमन भएको छ । होटल, किराना तथा खाद्य वस्तु बिक्री गर्ने पसलमा अनुगमन गरिएको छ । बिब्ल्याँटेमा पेय पदार्थ मात्र म्याद गुज्रिएको तथा होटलका क...