तीजको चहलपहल महिना दिन अगाडिदेखि हुन्थ्यो । पार्टी प्यालेस, सामाजिक सङ्घसंस्थादेखि घरघरमै दर खाने र खुवाउनेको भीडभाड देखिन्थ्यो । सहरदेखि गाउँघरको वातावरण सङ्गीतमय हुन्थ्यो । जताततै तीजका भाका घन्किन्थे, जताततै महिलाका नाचगान देख्न मिल्थ्यो । कोरोनाभन्दा अगाडिका वर्षका तीजका कुरा हुन् यी ।कोरोना सुरु भएपछि गत वर्ष होस् वा यो वर्ष प्रायः सुनसानजस्तै छ । तीजका माहोल देख्न त्यति पाइएको छैन । तीजका लागि भनेर थुप्रै नयाँ गीतसङ्गीत भित्रिएका भए पनि सार्वजनिक स्थानमा त्यति गुन्जन पाएनन् । कोरोनाल