काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ । गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बुझिएको छ । रेणुले राजीनामा नदिए बर्खास्त गर्ने सम्मबारे बालुवाटारमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ […]