भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद