चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ठुलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ ।सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो । शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रूपमा देखिएको कोभिड सङ्क्रमणसँग पनि जोडिएको छ । चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो । सन् २०