चीनमा जन्मदर घटेसँगै बालबालिकाका लागि आवश्यक सामग्री उत्पादन गर्ने कम्पनीलाई धक्का (भिडियो)

सन् १९८० को दशकदेखि नै चीनमा ‘एक सन्तान नीति’ लागू गरिएको थियो, जसकारण एकभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई कारबाही गरिन्थ्यो ।  चीनले बढ्दो जनसंख्या देशको विकासमा बाधक बन्न सक्ने अनुमान गर्दै यो नीति लागू गरेको थियो ।