इलाम : जब निर्वाचनको मिति नजिकिन्छ इलामबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरू चिया बगानमा मजदुर भेट्न पुग्छन्। भोट बैंकमा रूपमा रहेका सरकारी चिया बगानका मजदुरलाई मिठो सपना देखाउँछन् र जितेर गएपछि उनीहरूको मुद्दाको चासोसम्म राख्दैनन्। चिया मजदुर धेरै राजनीतिक परिर्वतनका लागि निर्णायक बने तर कहिले पनि परिवर्तनको महसुस गर्न पाएनन्।हरेक पटक चुनावमा नेताहरूले आश्वासन बाँडे। जितेर गएपछि आश्वासनमै सीमित रहयो। विगत २०४८ साल यता इलाम–१ बाट विजयी भएका संघीय र प्रदेशका उम्मेदवारका लागि