बेमौसमी वर्षापछि सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका वडा नं ६ को माढीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो ।