काठमाडौं। हावाहुरीले धादिङको मासटारबाट केउरनीटार जोड्ने निर्माणाधिन पुल भत्किाएको छ। तनहुँ र चितवन जोड्ने पुल भत्किएको एक साता नबित्दै धादिङमा पुल भत्किएको हो।सडक विभागले त्रिशुली नदीमा बनिरहेको पुलको ५० मिटर भागलाई खोलामा खसालेको जानकारी दिएको छ। हावाहुरीले भत्काएको पुल २३ करोड लागतमा बनिरहेको थियो। हुरीले भत्किएको पुल गत वर्ष २०७७ को मंसिर १३ गते नै निर्माण सक्नुपर्ने थियो।