दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जना
पोखरा – पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा ८ जना कामदार घाइते भएका छन् । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झर्दा सो सामानसहित पुलको केही भाग भत्किएको हो । त्यसमा परेर घाइते भएका मध्ये दुई कामदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरी प्रमुख […]