बुटवल : जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रशासनले बताएको छ।
प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलका अनुसार कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।…