बुटवल : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगन गरेको छ।
कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार आइतवारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्र बाहेकका सबै सेवा…