जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा एक साताका लागि स्थगित

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको बताएका छन् । कार्यालयका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरेको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थगित गरिएका सेवाहरुमा नयाँ नागरि

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालय धनुषाले गर्‍यो सम्पूर्ण सेवा बन्द

जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि  सेवा बन्द गरेको छ । प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण असामयिक निधन भएको हो । उनको निधन र भाइरल ज्वरोका कारण ८-९ कर्मचारी होम आइसोलेसनमा रहेकाले आज प्रवाहित हुने सेवाहरू स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ३ सिफ्टमा सेवा विस्तार गर्ने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि असार २६ गतेबाट तीन सिफ्टमा सेवा विस्तार गर्ने भएको छ । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्न थालेपछि तीन सिफ्टमा सेवा विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हाे । यहि असार २६ गतेबाट लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै […]

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यकबाहेकका सेवा बन्द

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । प्रशासनले आज (सोमबार) सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु सङ्क्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् […]

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

- कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ ।  कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको  अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान गरिने भएको हो । भीडभाडले जोखिम बढ्ने भएकाले बिहीबारबाट लागु हुने गरि जिल्लाका ६ वटा पालिकाहरुमा अर्को सुचना जारी नहुन्जेलसम्मका लागि शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका […]

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।