पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे […]
अवकाशप्राप्त महासेनानी अनन्तकुमार बस्नेतका विभिन्न छन्दमा लेखिएका पाँच कविता कृतिको लोकार्पण भएको छ । गोरखा पब्लिकेसन्स प्रालिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँका पाँच वटा कविता सङ्ग्रह लोकार्पण गरिएको हो । सर्जक अनन्तकुमार बस्नेतकी माता रत्नकुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा बस्नेतको कविता सङ्ग्रहहरू अभ्यर्चना, निर्झर, बसुधा, वासन्तीबाला र गजल सङ्ग्रह निर्भmर सार्वजनिक गरिएको हो ।
काठमाडौं- कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह ‘प्रिय मौनता’बारे ३५ जना समालोचकले लेखेको ‘मौनताको काव्यिक उपासना’ कृति लोकार्पण भएको छ। शनिबार बागबजारस्थित सिटिम्याक्स सिनेमा हलमा प्रा.डा. कृष्णहरि बराल र प्रा.डा.भरत भट्टराईले उक्त कृतिको विमोचन गरेका हुन्। प्रेमलाई केन्द्रमा राखेर लेखिएको ‘प्रिय मौनता’ सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति,अभीप्साको उद्बोदन, उपसानाको आलोक खण्ड गरी ६० वटा […]
समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ । राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताउनुभयो । आरोहणका क्रममा ‘चराको …
काठमाडौं, १८ भदौ । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती,प्रा.डा रमेश भट्टराई, प्रा.डा.सुरेन्द्र केसी,वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले १४ वर्ष विदेशी […]
दीपा राई पुनको कविता सङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विमला राई, खगेन्द्र लुइँटेल, प्रगति राई, स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभयो ।
तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने। कविहरूले राज्यको […]
कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै
काठमाडौंः साहित्य सन्ध्या काठमाडौंमा वरिष्ठ कवि उमेश उपाध्यायद्वारा लिखित ‘जडताको ताण्डव’ कविता सङ्ग्रहको लोकार्पण एवम् परिचर्चा र लघु कथागोष्ठी सम्पन्न भएको छ। साहित्य सन्ध्याका अध्यक्ष प्राज्ञ राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन देबु लुइटेलले गरेका थिए।
समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री एवम् साहित्यकार ...