तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने। कविहरूले राज्यको […]