एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जना भन्दा धेरै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै दुई जना युवाले नाराबाजी गरेका छन् ।  आज साेमवार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नारा लगाएका हुन् । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुई जना युवाले नाराबाजी गरेका हुन् । उनीहरूले राष्ट्रियताको रक्ष...

दाङमा एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन घेराउ

१५ फागुन, दाङ। विप्लव नेतृत्वको नेकपासहित अन्य ५ राजनीतिक दलका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आइतबार संसद‍्मा छलफल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता खारेजको माग गर्दै जिल्ला प्रशासन घेराउ गरेका हुन् । प्रदर्शनकारीले कार्यालयभित्र प्रवेश गर्न खोजेका थिए । बाहिर तैनाथ प्रहरीले प्रदर्शनकारीलाई गेटमै […]

नेपाली जनप्रगतिशिल मञ्च बहराइनद्वारा एमसीसीको विरोध (ज्ञापनपत्रसहित)

नेपाली जनप्रगतिशिल मञ्च बहराइनले एमसीसीको विरोध गरेको छ । मञ्चका अध्यक्ष युवराज केसी लगायतले बहराइनका लागि नेपाली कार्यबाहक राजदूतलाई ज्ञापनपत्र बुझाउँदै एमसिसीका अपमानजनक शर्तहरु खारेज गर्न माग गरेका छन् । ‘हामी नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसिसी सम्झौताको जोडदार बिरोध गर्न चाहान्छौँ ।  किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको विरुद्ध छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘एमसिसीसँग जोडिएका शर्तहरु नहटाएसम्म सम्झौताको बहिष्कार गरिनु पर्छ भन्न

बानेश्वरमा एमसीसीको विरोध प्रर्दशन (फाेटाेफिचर)

राजधानीको बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले विरोध गरेका छन्।...

एमसीसीको विरोध गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

एमसीसीको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शन बबरमहलबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

एमसीसीको विरोध गर्नेलाई सरकारबाट हट्न भट्टराईको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनुभएको छ । उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उहाँको तर्कछ । उहाँले लेख्नु भएको छ, मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र […]

प्रचण्डको प्रतिवेदनको प्रसंशा, एमसीसीको विरोध

नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बता

सहकारीको साधारणसभामा एमसीसीको विरोध

भक्तपुरको एउटा सहकारी संस्थाको साधारणसभा उद्घाटन कार्यक्रममा एमसीसीको विरोध भएको छ।

एमसीसीको विरोध गर्न एकीकृत समाजवादी निकट जनवर्गीय संगठनहरुको अपिल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्न सबैलाई अपिल गरेका छन्। सोमवार बसेको जनवर्गीय संगठनहरुको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ। बैठकले सरकार, राजनीतिक पार्टीहरु, सांसदलगायत नागरिक समाजको ध्यानाकर्षण गर्दै सम्झौताको व्यापक विरोध गर्न अपिल गरेको हो। बैठकले देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड…