एमसीसीको विरोध गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

एमसीसीको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । ‘नो एमसीसी’ लेखिएको ब्यानरसहित नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टी जनवर्गीय संगठनहरुको आयोजनामा भएको प्रदर्शन बबरमहलबाट सुरु भएर बानेश्वरसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै चर्को नाराबाजी गरेका थिए । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ । 

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्दै वाइसीएलले निकाल्यो मसाल जुलुस

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले विरोध प्रदर्शन गरेको छ। राजधानीमा आज मसाल जुलुस निकाल्दै वाइसीएलले प्रतिनिधिसभामा पेश भएको एमसीसी प्रस्ताव अघि नबढाउन माग गरेको हो।  माओवादी केन्द्रले सदनमा एमसीसी पेश गर्न सहमति जनाए पनि त्यो पारित गर्न मत…

सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।...

एमसीसीको विरोध गर्ने ५२ जना पक्राउ

काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए । काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत […]

हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

त्रिभुवन विमानस्थलको गेटमा कार चढेर एमसीसीको विरोध

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा विरोध प्रदर्शन भएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी […]

एमसीसीको विरोध गर्ने युवाहरु पक्राउ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध गर्ने युवाहरु पक्राउ परेका छन्। एमसीसी विरुद्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडी प्रदर्शन गर्न पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ता लगायतले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । उनीहरुले  ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज आउने भएपछि एमसीसी विरुद्द प्रदर्शन भएको हो। नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ ।

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।