नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा एमसीसीको विरोध भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बुधबार सल्लाहकार ‘ख’को टोली नेता रामनारायण बिडारीले एमसीसीको विरोध गरेका हुन् । उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरे । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बता