नेपाली जनप्रगतिशिल मञ्च बहराइनले एमसीसीको विरोध गरेको छ । मञ्चका अध्यक्ष युवराज केसी लगायतले बहराइनका लागि नेपाली कार्यबाहक राजदूतलाई ज्ञापनपत्र बुझाउँदै एमसिसीका अपमानजनक शर्तहरु खारेज गर्न माग गरेका छन् । ‘हामी नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसिसी सम्झौताको जोडदार बिरोध गर्न चाहान्छौँ । किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको विरुद्ध छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘एमसिसीसँग जोडिएका शर्तहरु नहटाएसम्म सम्झौताको बहिष्कार गरिनु पर्छ भन्न