बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टामा मिलेमतो देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा मागेको छ। नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको भन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो। एमाले […]