काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिन नहुने बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको बताउनुभयाे । अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्न नहुने सांसद केसीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्...