सरकारको संलग्नताविना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : कांग्रेस सांसद केसी

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन नसक्ने जिकिर गर्नुभएकाे छ । आज बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद केसीले गएकाे साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गर्नुभएकाे हाे । उहाँले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताउनुभयो । उहाँले सुन तस्करीक...