काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको चौधौं महाधिवेशनबाट गुट र गिरोह समाप्त पार्नुपर्ने बताएका छन्।पार्टीको वडा अधिवेशन सुरु भएसँगै शुक्रबार अपिल जारी गर्दै कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। ‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौँ। यही कारण आमनिर्वाचनमा हामी कम्युनिष्टभन्दा कमजोर हुन पुगेका हौँ।’ कोइरालाले अपिलमा उल्लेख गरेका छन्,