विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ।भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो। धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग व