काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सले सुनसरीको इनरुवा, झुम्काबजार र मोरङको विराटचौकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यले विस्तार शाखा उद्घाटन गरे । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले हाल २१ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।