डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय