तीनै तहका सरकार र सरोकारवाला निकाय वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने विज्ञहरूको सुझाव

काठमाडौँ – वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरूले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकाय वातावरण संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सोमबार राष्ट्रिय मानवअधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको संघीय संरचनामा मानव अधिकारको दृष्टिबाट प्राकृतिक स्रोतको व्यवस्थापन विषयक अन्तरक्रियात्मक कार्यक्रममा विज्ञहरूले वातावरण जोगाउन सबैले महत्वपूर्ण भूमिका खेल्न आवश्यक […]