बर्खामा सधैंको खानेपानी पिरलो

चैत–जेठ महिनामा मुहान सुक्ने हुँदा सबैतिर खानेपानीको समस्या हुन्छ । तर म्याग्दी सदरमुकाम बेनीमा भने बर्सेनि मनसुन सुरु भएपछि खानेपानीको समस्या हुँदै आएको छ । बेनीका ९ सय ३० घरधुरीका १५ हजार जनसंख्यालाई चौबिसै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको योजना बर्खायाममा बाढीपहिरोको चपेटामा पर्दा खानेपानीको हाहाकार हुने गरेको हो ।

सम्बन्धित सामग्री

रारा गाउँलाई सधैं पानीकै पिरलो (तस्वीरसहित)

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी लेखिए पनि जुम्लाबासीले अनुभूत गर्न पाएका छैनन्।

रारा गाउँलाई सधैं पानीकै पिरलो (तस्वीरसहित)

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी लेखिए पनि जुम्लाबासीले अनुभूत गर्न पाएका छैनन्।

विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य

दैलेख । नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरु पढाईको समयमा पानी बोक्न बाध्य भएका हुन् । विद्यालयमा नजिकैको धारामा खानेपानी नआउँदा विद्यार्थी पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् […] The post विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सदरमुकाममै पानीको पिरलो

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमै स्थानीयले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका छन् । करिब ९ सयभन्दा बढी घरधुरी रहेको सिस्ने गाउँपालिका–५ र ६ वडा समेटिएको सदरमुकामले खानेपानी समस्या भोग्दै आएको हो ।

सल्यानको चयालगाउँमा खानेपानीले ल्यायो खुशी

सल्यान : घरघरमा खानेपानीको धारा आएपछि सल्यानको बागचौर नगरपालिका-२ चयालगाउँका बासिन्दा फुरुंग छन्। एउटा कुवाबाट पालो कुरेर पानी ल्याउन बाध्य चयालगाउँका ५१ घरधुरी अहिले घरमै शुद्ध खानेपानी पाएपछि दंग परेका छन्।वर्षौंदेखिको खानेपानीकै पिरलो अहिले आएर हराएको स्थानीय विमला शर्माको भनाइ छ। ‘वर्षातको समयमा खासै समस्या नभए पनि हिउँद र सुख्खा सिजनमा खानेपानीको अभावका कारण कोही पाहुना नआए‘नि हुन्थ्यो भन्ने लाग्थ्यो‚’ उनले भनिन्‚ ‘घरकै परिवार र वस्तुभाउलाई पुर्

खानेपानी अभावले स्थानीयको दिनचर्यामा सकस

धनकुटा (अस) । धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ बर्खामा परेको आकाशेपानी ड्रम, घैंटो र बोतलमा भरेर राख्छन् । त्यही पानीले हिउँदभरको आवश्यकता टार्छन् । यस्तै डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी पवित्रा राईको आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन् । दुर्गाबहादुर र पवित्रा पानीको अभाव भएपछि बर्खामा संकलन गरेर राख्ने स्थानीयवासीका प्रतिनिधि पात्र हुन् । धनकुटाको साँगुरीगढी–५ को ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका गरी ३५ घरपरिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन् । यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ । हिउँदमा पानीको संकट टार्न वर्षात्देखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नुपरेको उनीहरू बताउँछन् । यस क्षेत्रका बासिन्दा विगत १० वर्षदेखि खानेपानीको अभाव भोग्दै आएका छन् । पानीको ठूलो मुहान नहुँदा खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानी भर र हिउँदमा ड्रम, घैंटो र बोतलमा पानी भरेर राखेको पानीको भर पर्नुपरेको छ । लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदका लागि पानी जम्मा गरेर नराख्दा ५ घण्टा हिँडेर लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ । ‘पानी अभावको कारण अड्कलेर खानुपर्छ,’ साँगुरीगढी–५ की मिनाकुमारी तामाङले भनिन्, ‘खानेपानीको  संकटले महिला र बालबालिका बढी जोखिममा छन् ।’ डाँडामा बस्ती भएकाले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको पाटी गाउँकी कमला राईले गुनासो गरिन् । वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती हुने गरेको उनले बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ पानीको समस्याले बालबालिकाको पढाइ पनि प्रभावित बनेको मीनाकुमारीले बताइन् । बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिने गरेको, तर कार्यान्वयन नभएको गुनसो स्थानीयको छ । खानेपानी अभावकै कारण धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ पाटीगाउँ, थामडाँडाका स्थानीयवासी बसाइँ सर्ने अवस्थामा पुगेका छन् । साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न नसकिएको बताए । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’ साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बजेटकै समस्याले यी ठाउँमा खानेपानी सुविधा पु¥याउन कठिन भएको बताए । उनका अनुसार ध्वजेडाँडामा लिफ्टमार्फत खानेपानी पुर्‍याउन कम्तीमा ५ करोड आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘स्थानीय तहसँग सीमित बजेट हुने भएकाले हाम्रो मात्र प्रयासले सम्भव छैन ।’ संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्याख्या गरिएको छ । सो धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुने उल्लेख छ । तर, धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङको पाटीगाउँ, थामडाँडाका स्थानीयले संविधानले नै व्यवस्था गरेको अधिकार समेत उपभोग गर्न पाएका छैनन् ।

जहिल्यै खानेपानीको पिरलो

कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरु हुन्छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।

जहिल्यै खानेपानीको पिरलो

कालीमाटी गाउँपालिका–२ स्थित कोछट्टे, टाकुरा, टोटके र बारपुरमा हिउँद लाग्यो कि खानेपानीको हाहाकार सुरु हुन्छ । २०४६ मा सम्पन्न भएको खानेपानी योजना तहसनहस भएपछि स्थानीयले लामो समयदेखि खानेपानीको सास्ती भोग्दै आएका छन् ।

लेगुवामा खानेपानीको चरम अभाव

वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।  पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।  केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।  वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।  यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए । जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।  ‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’ लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ । यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।  उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’  नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’ हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।

तानसेनमा खानेपानी हाहाकार (फोटो फिचर)

पाल्पा :  जिल्लाको सदरमुकाम तानसेनमा खानेपानीको हाहाकार भएको छ। विगत १५ दिनदेखि खानेपानीको हाहाकार भएको हो। घरका धारामा पानी आउन छाडेको छ। कोरोना महामारीका बेला खानेपानीको समस्या हुँदा उनीहरू चिन्तित बनेका हुन्। पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ यहाँका स्थानीयलाई। बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन्। उनीहरूले बजारभन्दा टाढा रहेका बन जंगलका मूलमा धाएर पानी बोकेर ल्याउने गरेका छन्। बजारभित्र रहेका मूलमा समेत मानिसहरूको दिनभर भीड लाग्ने गर्दछ। आफूले नारायणस्थामा ...