लेगुवामा खानेपानीको चरम अभाव

वैशाख २१, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारकी शारदा देवि पौडेल बिहान उठ्ने बित्तिकै डोकोमा गाग्री बोकेर अरुण नदिको पुल तरेर खानेपानी लिन घण्टौं लगाएर जान्छिन्, बेलुका पनि उनको पहिलो काम पानी लिन डोकोमा गाग्री बोकेर जाने नै हो । पौडेल त एक उदाहरण मात्रै हुन् लेगुवाका बासिन्दा वर्षौदेखि खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।  पानीको ठूलो मुहान नहुँदा यहाँका १०० भन्दा बढी घरधुरीलाई बाह्रै महीना खानेपानीको जोहो गर्न घण्टौं लाग्ने गरेको छ । अचम्मको कुरा त के भने लेगुवा बजारको डिलैमा अरुण नदि बगिरहेको छ । तर, त्यति नजिक अरुण नदि बगिरहेपनि लेगुवा बजारमा खानेपानीको चरम अभाव छ । लेगुवा बजारका स्थानीय लामो समयदेखि अरुण नदीका पुल पार गरेर पुगिने छिमेकी जिल्ला भोजपुरको फेरी बजार पुगेर खानेपानी ल्याउने गरेका छन् ।  केही समय पहिले प्रयोगमा आएका पानीका मुहान पनि सुक्दै गएको र नदिको पुल पार गरेर खानेपानी लिन आएको पौडेलले बताइन् । खानेपानीका मुहान सुकेपछि लेगुवाका बासिन्दाले घण्टौं लगाएर अरुण नदिको पुल तरेर जानुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि डिपबोरिङ गरेर निकालिएको खानेपानी रहेको छ । हुन त पहाडमा डिपबोरिङ कति दिनलाई हो भन्ने भर नै हुँदैन । तरपनि लेगुवाबासीले डिपरिङकै भर पर्नुपरेको छ, त्यो पनि घण्टौ टाढा । पानी लिन जाँदा दिउँसोको समयमा खाली भएपनि बिहान र बेलुकाको समयमा घण्टौं लाइनमा बस्नुपर्छ ।  वर्खाको समयमा केही मात्रामा सहज भएपनि हिउँदमा झनै दुःख बेहोर्नुपरेको स्थानीय लिलाकुमारी श्रेष्ठले बताइन् । उनले भोजपुरबाट खानेपानी बोकेर खान थालेको करीब १० बर्ष जति भएपनि कसैले दुःख नदेखेको बताइन् । केही समय अघिसम्म सञ्चालनमा रहेको खानेपानी योजनाबाट आएको पानीले गाउँ नै रोगको शिकार भएपछि खानेपानी बोकेर नै खानुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । अरुबेला भन्दा कोरोना महामारीका बेला खानेपानीको समस्याको विषयमा लेगुवाबासी झन चिन्तित बनेका छन् । पानी खोज्न जाँदा कोरोना सर्ने हो कि? भन्ने पिरलो छ पनि थपिएको छ यहाँका स्थानीयलाई । बजारबासी अहिले घण्टौ लगाएर पानी बोकेर खान बाध्य भएका छन् ।  यहाँ प्रत्येक दिन बिहान सबेरैदेखि राति अबेरसम्म पानी भर्नेको लाइन लाग्छ । खानेपानीका कारणले लेगुवामा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको स्थानीय सुवन श्रेष्ठले बताए । जनप्रतिनिधी आएपछि समस्याको समाधान होला भन्ने आश गरेको भएपनि हालसम्म पटक पटक कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको लेगुवा बासीको गुनासो छ । लेगुवा बजारमा खानेपानी योजना सञ्चालन भएपनि सरकारी निकायले नियमित अनुगमन र स्थानीयले रेखदेख नगर्दा समस्या भएको स्थानीय नारायण प्रसाद धमलाले बताए । उनले महालक्ष्मी नगरपालिकाले ८ लाखसम्मका खानेपानी योजना सञ्चालन गरेको भएपनि योजना सञ्चालनका लागि प्रयोग गरिएको सामान गुणस्तरहिन भएर काम नलागेको बताए ।  ‘खानेपानीको नाला र कल खरीद गरेर नगरपालिकाले ल्यायो तर कल बनाउँदा बनाउँदै नाला चेप्टिएर कामै नलाग्ने भयो ।’ धमलाले भने, ‘नगरपालिकाले योजनाका लागि पैसा दियो, काम थोपो भएर तर पनि अनुगमन गरेन ।’ धमलाले गुनासो गर्दै थपे ‘हामी लेगुवाबासी भोजपुर पानी लिन जान बाध्य छौँ, नगरपालिकामा योजना माग गर्न जाँदा पहिले योजना दिइसकेको छ अब हुँदैन अरुणमा गएर पानी ल्याएर खानु भनेर फर्काउने गरेको छ ।’ लेगुवाबासी पानी नपाएर बसाइँ सर्ने अवस्थामा पुगेको बताउँछन् । छिमेकी जिल्ला भोजपुरले ३ किलोमिटर माथिसम्म अरुण नदीबाट पानी पम्पिङ गरेर लगेको हुनाले लेगुवामा करीब ५०० मिटर मात्रै उचाइ रहेकाले अरुण नदीबाट खानेपानी पम्पिङ गरिनु पर्ने स्थानीयको माग छ । यता महालक्ष्मी नगरपालिकाले भने नगरपालिकाको वडा न. ५ र ६ मा रहेको खानेपानी समस्या समाधान र व्यवस्थापनको लागि मुहान तथा पाइप लाइनको अनुगमन गरेको जानकारी दिएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नयाँ पाइप लाइन थप तथा क्षमता विस्तारको कामका लागि जिल्ला खानेपानी कार्यलयसँग सहकार्य गरि अघि नगर प्रमुख पर्शुराम नेपालले बताए ।  उनले लेगुवा बजारमा खानेपानीको समस्या रहेको भएपनि समाधानका लागि नगरपालिका लागिरहेको प्रमुख नेपालले बताए । ‘गत साल ७ ओटा कल हालेको स्थानीयले सञ्चालनमा ल्याएनन् ।’, नगर प्रमुख नेपालले भने ‘अहिले पाइप लाइन विस्तार तथा लिफ्टिङको प्रक्रियामा छ ।’  नगर प्रमुख नेपालका अनुसार नयाँ पाइप लाइनेको यसै आर्थिक वर्षमा सम्पन्न हुने गरि इस्टमेट पनि भएको छ । ‘लेगुवाको खानेपानीको समस्या अहिलेको मात्रै नभएर धेरै पहिलेको समस्या हो ।’, नगर प्रमुख नेपालले थपे, ‘लेगुवाबासीले पटकपटक उपभोक्ता समिति बनाउने र नगरपालिकाले योजना हाल्दा उपभोक्ता समितिले कामै नगर्ने गरेका छन् ।’ हुन त लेगुवा अरुण नदीको किनारमा भएपनि नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण पनि लेगुवामा खानेपानीको समस्या छ भनेर संघीय सरकारको खानेपानी विभागले थाहा पाउँदा पनि कुनै योजना अगाडि बढाएको छैन ।

सम्बन्धित सामग्री

वीपीमा खानेपानीको चरम अभाव: विद्यार्थीहरुलाई एक साता विदा

खानेपानीको चरम अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको विदा दिएको छ।...

वीपीमा खानेपानीको चरम अभाव: विद्यार्थीहरुलाई एक साता विदा

खानेपानीको चरम अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको विदा दिएको छ।...

बैतडीको खोडपेमा खानेपानीको चरम अभाव

बैतडी : सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका ८ खोडपेमा खानेपानीको चरम अभाव छ। पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो।  खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो । योजनाका सचिव  मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको खानेपानी विद्युतको खराबीले अवरुद्ध भएको बताए । खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ। हो

खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट आपूर्ति

सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।   खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए ।खानेपानीको

खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट आपूर्ति

काठमाडौँ,१ असार । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो । खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको […]

बैतडीको खोड्पेमा खानेपानीको चरम अभाव

बैतडी– सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोड्पेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।  खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि […]

खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट आपूर्ति

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो । खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए […]

खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्।...

कर्णाली प्रदेशको राजधानीमै खानेपानीको चरम अभाव (फोटो फिचर)

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव भएको छ। वीरेन्द्रनगरका अधिकांश नागरिकहरूको घरमा नगरपालिकाले समयमै धारा जडान नगर्दा खानेपानीको चरम अभाव भएको हो।यहाँका नागरिक खानेपानीका लागि करिब आधा घण्टा हिँडेर घण्टौँ लाइन बस्न बाध्य छन्। वर्षायाम सुरू भए पनि वीरेन्द्रनगर नगरपालिका–३ का धेरैजसो घरहरूमा खानेपानीको धारा जडान नहुँदा यसरी खानेपानीको समस्या भएको स्थानीयहरूको गुनासो छ। वीरेन्द्रनगर–३ पतेनी रोडमा रहेको पतेनी धारामा पनी लिन पुगेकी खम्बिरा केसीले आफ

लङ्गाउँमा खानेपानीको चरम अभाव

गलकोट, ९ बैशाख । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त […]